दफा ४५
कानूनी व्यक्ति रहने ठेगाना

कानूनी व्यक्ति रहने ठेगाना सङ्गठित संस्था संस्थापना गर्दाका बखत उल्लेख भएको ठेगाना हुनेछ र त्यसरी उल्लेख नभएकोमात्यस्तो संस्थाको प्रधान कार्यालय वा रजिष्ट्रर्ड कार्यालय रहेको ठेगाना र त्यस्तो कार्यालय वा ठेगाना पनि निर्धारणनभएकोमा त्यस्तो संस्थाको प्रमुख प्रशासनिक कार्यालय वा कारोबार तथा व्यवसाय रहेको ठेगानामा रहेको मानिनेछ ।